समाचार

बाढीको जोखिम बढेपछि तिब्बतमा खोज तथा उद्धार अभियान रोकियो

काठमाडौ,१२ भदौ ।चीन-नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ। सरकारी सञ्चारमाध्यमका अनुसार पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रमा फैलिन थालेपछि टोलीलाई तत्काल उद्धार रोक्दै सुरक्षित स्थानमा फर्किन निर्देशन दिइएको हो। प्रभावित क्षेत्रमा पुगेका आपत्कालीन उद्धार टोलीलाई समेत करिब एक किलोमिटर पछाडि … Continue reading बाढीको जोखिम बढेपछि तिब्बतमा खोज तथा उद्धार अभियान रोकियो

थप पढ्नुहोस् »

बाढीमा फसेका ३ हजार २५३ जनाको उद्धार

काठमाडौ,१२ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीमा फसेका ३ हजार २५३ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढीमा घाइते भई उद्धार गरेर काठमाडौं ल्याइएकामध्ये ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला … Continue reading बाढीमा फसेका ३ हजार २५३ जनाको उद्धार

थप पढ्नुहोस् »

विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

काठमाडौ,११ भदौ । सरकारले विपद्का बेला उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ। बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक विपदमा ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीका निम्ति यस्तो निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्को समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवासुविधा … Continue reading विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय

थप पढ्नुहोस् »

कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौ,११ भदौ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले महाधिवेशन रोक्न माग गरिएको पूरक निवेदनमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार … Continue reading कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश

थप पढ्नुहोस् »

बाढी प्रभावितको उद्धार तथा राहतमा जुट्न रास्वपा तुलसीपुरको अपिल

दाङ,११ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर उपमहानगर कार्यसमितिले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ। सभापति जीवन भण्डारीद्वारा जारी विज्ञप्तिमा बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै … Continue reading बाढी प्रभावितको उद्धार तथा राहतमा जुट्न रास्वपा तुलसीपुरको अपिल

थप पढ्नुहोस् »

बाढी प्रभावितका लागि तुलसीपुर उवासंघले १ लाख १ हजार सहयोग गर्ने

दाङ,११ भदौ। तुलसीपुर उद्योग वाणिज्य संघले बाढीपीडितका लागि १ लाख १ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघका कार्यवाहक अध्यक्ष नरेशकुमार राजभण्डारीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको महासचिव केशवराज केसीले जानकारी दिए। बैठकमा संघअन्तर्गतका २१ वटा उपसमितिका संयोजक तथा प्रतिनिधिहरूको सहभागिता थियो। बैठकले रसुवास्थित … Continue reading बाढी प्रभावितका लागि तुलसीपुर उवासंघले १ लाख १ हजार सहयोग गर्ने

थप पढ्नुहोस् »

दाङमा अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ सवारी नियन्त्रण

दाङ, ११ भदौ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका १३ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले भदौ १ देखि १० गतेसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुंगा, बालुवा र गिट्टी ओसारपसारमा संलग्न १२ वटा ट्र्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएको हो। प्रहरीका … Continue reading दाङमा अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ सवारी नियन्त्रण

थप पढ्नुहोस् »

भोटेकोसी-त्रीशूली बाढी: हालसम्म २८९ जनाको शव फेला

काठमाडौं,११ भदौ । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकामध्ये हालसम्म २८९ जनाको शव फेला परेको छ। दिउँसो ३ बजेसम्मको विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र पश्चिम नवलपरासीमा १४ जनाको शव फेला परेको हो। बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका … Continue reading भोटेकोसी-त्रीशूली बाढी: हालसम्म २८९ जनाको शव फेला

थप पढ्नुहोस् »

बंगलादेशले नेपाललाई आवश्यक सहयोग गर्ने

काठमाडौ,११ भदौ ।परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा बंगलादेशका परराष्ट्रमन्त्री रहमानले नेपाललाई आवश्यक सहयोग गर्न बंगलादेश सरकार तयार रहेको बताएका छन्। नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा दुई मन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तामा मन्त्री खनालले नेपाललाई आवश्यक … Continue reading बंगलादेशले नेपाललाई आवश्यक सहयोग गर्ने

थप पढ्नुहोस् »

भोटेकोशी बाढीमा सल्यानका ४९ जना सम्पर्कविहीन: रुकुम,रोल्पा र प्यूठानका पनि बेपत्ता

दाङ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सल्यानका ४९ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। तीमध्ये केही घाइते अवस्थामा सम्पर्कमा आएका छन् भने अन्यको खोजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका-६ गैरीगाउँका मात्रै नौ जना र गगनकटेराका दुई जना बाढीपछि सम्पर्कविहीन भएका छन्। गैरीगाउँका गिरिलाल बुढाथोकी … Continue reading भोटेकोशी बाढीमा सल्यानका ४९ जना सम्पर्कविहीन: रुकुम,रोल्पा र प्यूठानका पनि बेपत्ता

थप पढ्नुहोस् »