after_navbar

‘सानो दारे’ हात्ती मृत्त फेला


१८ घण्टा अगाडि


काठमाडौ। सानो दारे नामले चिनिने जंगली हात्ती मृत्त फेला परेको छ ।उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत भेटिएको हो।

करिब २० देखि २५ वर्ष उमेरको हात्ती मंगलबार मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हात्ती कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा मृत भेटिएको हो। उक्त हात्ती पछिल्लो एक वर्षदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो।

मृत हात्तीको परीक्षणपछि मात्रै मृत्युको कारण खुल्ने वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="