after_navbar

तुलसीपुरका किसानको कृषि बीमा प्रिमियम उपमहानगरले तिरिदिने


१५ घण्टा अगाडि


दाङ। तुलसीपुर उपमहानगरपालिकाले किसानले गर्ने कृषि बीमाको प्रिमियम तिरिदिने भएको छ।

किसानलाई सहुलियत प्रदान गर्दै कृषि व्यवसायमा आकर्षित गर्ने उद्देश्यले उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माण भइसकेको शाखा प्रमुख कुलराज दहितले जानकारी दिए।

उनका अनुसार कृषि बीमाको केही प्रिमियम संघीय सरकारले व्यहोर्नेछ भने किसानले तिर्नुपर्ने बाँकी रकम उपमहानगरपालिकाले व्यहोर्नेछ।

व्यावसायिक रूपमा कृषि खेती गर्ने किसानलाई बीमातर्फ आकर्षित गर्दा कृषि व्यवसायको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने भएकाले कार्यक्रम लागू गरिएको दहितले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="