समाचार

रसुवा बाढी: जलविद्युत्आ योजना र सञ्चार पूर्वाधारमा क्षति

काठमाडौ,१० भदौ । रसुवामा बुधबार बिहान आएको बाढीले विभिन्न जलविद्युत् आयोजना तथा सञ्चार पूर्वाधारमा क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली-३ ए, त्रिशूली-३ बी हब, २३० केभी सबस्टेसन, त्रिशूली तथा देवघाट जलविद्युत् केन्द्र प्रभावित भएका छन्। आयोजनामा क्षति पुगेपछि सम्बन्धित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। बाढीले जलविद्युत् आयोजनासँगै घर, सडक, … Continue reading रसुवा बाढी: जलविद्युत्आ योजना र सञ्चार पूर्वाधारमा क्षति

थप पढ्नुहोस् »

नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

दाङ,१० भदौ। रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। मुख्यमन्त्री आचार्यले विशेषगरी नवलपरासी पश्चिमको सुस्तासहित नारायणी नदी आसपासका जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई सचेत रहन अपिल गरेका हुन्। उनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायलाई … Continue reading नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

थप पढ्नुहोस् »

सहायता आवश्यक परे १२३४ मा सम्पर्क गर्न अनुरोध

काठमाडौ,१० भदौ ।गृहमन्त्री सुदन गुरुङले सहायताका लागि टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेपछि गृहमन्त्री गुरुङले सहायता आवश्यक उक्त नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका हुन् । उनले आपत्कालीन सार्वजनिक सूचना जारी गर्दै पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी तथा मुग्लिङ-नारायणगढ सडकखण्डमा अर्को सूचना जारी नभएसम्म आवतजावत नगर्न … Continue reading सहायता आवश्यक परे १२३४ मा सम्पर्क गर्न अनुरोध

थप पढ्नुहोस् »

रसुवाको टिमुरेमा भीषण बाढी: ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौ,१० भदौ । रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सञ्चार सम्पर्क कठिन बनेको छ। बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्‍याउनुका साथै सुरक्षाकर्मीका कार्यालयसमेत प्रभावित भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। सञ्चार सम्पर्क प्रभावित भएकाले … Continue reading रसुवाको टिमुरेमा भीषण बाढी: ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

थप पढ्नुहोस् »

११ वर्षीया बालिका बेपत्ता

काठमाडौ,९ भदौ । बारामा ११ वर्षीय बालिका बेपत्ता भएकी छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका- ६ बाट बालिका बेपत्ता भएकी हुन् । ११ वर्षीय सनाया खातुन बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएकी छन् । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले बालिका बेपत्ता भएको सम्बन्धमा … Continue reading ११ वर्षीया बालिका बेपत्ता

थप पढ्नुहोस् »

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौ,९ भदौ। पदको मर्यादाविपरीत कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका एक सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडी विरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आयोगले साहविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ … Continue reading नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा

थप पढ्नुहोस् »

बुधबार सार्वजनिक बिदा

काठमाडौ,९ भदौ। सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ।मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनामार्फत मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा घोषणा गरेको हो। २०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। मुस्लिम आयोगले यस … Continue reading बुधबार सार्वजनिक बिदा

थप पढ्नुहोस् »

खोला तर्ने क्रममा अटो बग्योः पिकअप चालक बेपत्ता

दैलेख,९ भदौ। खोलामा अटो तार्ने क्रममा एक जना बेपत्ता भएका छन्। दैलेखको नारायण नगरपालिका–११ स्थित बिष्नेचौर खोलामा मंगलबार राति खोला तर्ने क्रममा उक्त घटना भएको हो। प्रहरीका अनुसार दैलेख बजारबाट भगवतीमाई गाउँपालिका-५, बेस्तडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ह १७४८ नम्बरको अटो बिष्नेचौर खोला तर्ने क्रममा बगेको थियो। भगवतीमाई गाउँपालिका-५, कट्टी निवासी करिब ३० वर्षीय … Continue reading खोला तर्ने क्रममा अटो बग्योः पिकअप चालक बेपत्ता

थप पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित

काठमाडौ,९ भदौ। राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित … Continue reading राष्ट्रिय सभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित

थप पढ्नुहोस् »

तीन स्पाबाट सात बालिकाको उद्धारः तीन सञ्चालक पक्राउ

बाँके,९ भदौ। प्रहरीले विभिन्न स्पामा चेकजाँचका क्रममा सात जना बालिकाको उद्धार गरेको छ। बालिकालाई स्पामा काममा लगाइएको पाइएपछि प्रहरीले तीन जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ।बाँकेको नेपालगन्जमाबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-१०, आदर्शनगरस्थित ‘न्यू प्लेजर स्पा’की सञ्चालिका भारतीय नागरिक गुडिया खान, ‘आयुर्वेदिक रिल्याक्स स्पा’की सञ्चालिका दुर्गा थारु र नेपालगन्ज–२, न्यूरोडस्थित ‘रिल्याक्स स्पा’का … Continue reading तीन स्पाबाट सात बालिकाको उद्धारः तीन सञ्चालक पक्राउ

थप पढ्नुहोस् »