after_navbar

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, दइजना घाइते


१२ घण्टा अगाडि


सुर्खेत। सुुर्खेतमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रा गरिरहेका एक जनाको मृत्यु भएको छ ।भने दुइजना घाइते भएका छन् । दुर्घटनामा परी मृत्तककी श्रीमती र मोटरसाइकल चालक घाइते भएका हुन् । को उपचार भइरहेको छ।

मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा बस्दै आएका ३७ वर्षीय विवेक थापा छन्। मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा शुक्रबार राति पौने १० बजेतिर बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

थापाकी २९ वर्षीया श्रीमती सुनिता थापाको नेपालगन्जमा उपचार भइरहेको छ। उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम छ।

दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर–१० का २२ वर्षीय दिपेश चौधरी पनि घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको र नेपालगन्जमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकी करिब ७ बजे वीरेन्द्रनगर–१० स्थित घुस्रा रोडमा दुर्घटना भएको हो। घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रा गरिरहेका थापा दम्पतीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका तीनै जनालाई प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल, कालागाउँ पुर्‍याएको थियो। राति करिब ९ बजे थप उपचारका लागि उनीहरूलाई नेपालगन्ज रिफर गरिएको थियो। थापाको शव राति ११ बजेपछि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="