after_navbar

भोलिदेखि मौसममा सुधार हुने


१२ घण्टा अगाडि


दाङ। देशभर भोलिदेखि मौसममा क्रमिक सुधार आउने भएको छ। पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण-पूर्वतर्फ सर्दै कमजोर हुन थालेपछि वर्षाको क्रम घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
ax
पछिल्लो २४ घण्टामा सिराहामा सबैभन्दा धेरै १०३ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ। भोलिदेखि तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ।

मौसमविद् बिनु महर्जनका अनुसार सोमबार रातिदेखि देशभर वर्षाको सम्भावना न्यून हुँदै जानेछ। यसैबीच, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका लागि पहेँलो चेतावनी जारी गरेको छ। मेघगर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="