समाचार

‘प्रतिभा जन्मिन्छ, अवसर नपाए हराउँछ’ : ह्याण्डबल प्रशिक्षक लामिछाने

दाङ । लुम्बिनी प्रदेशमा ह्याण्डबल खेलको विकास र विस्तारका लागि लामो समयदेखि सक्रिय छन् सन्तोष लामिछाने। २०६४ सालमा खेलाडीका रूपमा ह्याण्डबल यात्रा सुरु गरेका उनी अहिले खेलाडी, प्रशिक्षक हुँदै लुम्बिनी प्रदेश ह्याण्डबल संघको सचिवको जिम्मेवारीमा छन्। राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा खेलाडीका रूपमा सहभागी भएका लामिछानेले भारतको नेताजी सुभाषचन्द्र बोस राष्ट्रिय खेलकुद संस्थान (एनएसएनआईएस), पटियालाबाट कोचिङ कोर्ससमेत … Continue reading ‘प्रतिभा जन्मिन्छ, अवसर नपाए हराउँछ’ : ह्याण्डबल प्रशिक्षक लामिछाने

थप पढ्नुहोस् »

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

दाङ, ७ भदौ । रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्साकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्। आइतबार बिहान करिब साढे ८ बजे सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा उनीहरूलाई भे.१ ज.१४८२ नम्बरको ईभी गाडीले ठक्कर दिएको थियो। प्रहरीका अनुसार स्वस्तिका र … Continue reading गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

थप पढ्नुहोस् »

उद्यमशीलता क्षेत्रमा एकताबद्ध हुनुपर्नेमा जोड

दाङ,६ भदौ । व्यवसायीक सफलता हासिल गर्नका लागि उद्यमीहरु एकताबद्द हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । विशेषगरी महिला उद्यमीहरूले सन्चालन गरेका व्यवसायहरुको विस्तार र आत्मनिर्भरताका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी परिषद्को आयोजनामा भएको तीज मिलन कार्यक्रममा सहभागी महिला उद्यमीहरूले स्थानीय उत्पादनको बजारीकरण … Continue reading उद्यमशीलता क्षेत्रमा एकताबद्ध हुनुपर्नेमा जोड

थप पढ्नुहोस् »

प्याब्सन तुलसीपुरको प्रअ भेला सम्पन्न

दाङ,६ भदौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगर समितिको प्रधानाध्यापक भेला सम्पन्न भएको छ । शनिवार तुलसीपुर उपमहानगरपालिका-७ स्थित अमर इङ्लिस स्कुलमा प्रधानाध्यापक भेला भएको हो। आगामी शैक्षिक प्रदर्शनीमा विद्यालयको सहभागितालाई प्रभावकारी बनाउने उदेश्यसहित उक्त भेला गरिएको हो। प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षतामा भएको भेलामा आगामी असोज ९, १० र ११ … Continue reading प्याब्सन तुलसीपुरको प्रअ भेला सम्पन्न

थप पढ्नुहोस् »

४ महिनामा २५० जनाको विपदमा परेर मृत्यु

दाङ,६ भदौ ।चालु वर्षको वैशाखदेखि भदौ ५ गतेसम्म देशभर ५ हजारभन्दा बढी विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ५ हजार १४ विपद्का घटना हुँदा २५० जनाको मृत्यु भएको छ। विपद्का घटनामा आठ जना बेपत्ता भएका छन् भने १ हजार ६०७ जना घाइते भएका छन्। यस्तै, ६ हजार … Continue reading ४ महिनामा २५० जनाको विपदमा परेर मृत्यु

थप पढ्नुहोस् »

तुलसीपुर-१३ मा आँखा शिविर: २८१ जनाले लिए सेवा

दाङ,६ भदौ । तुलसीपुर उपमहानगरपालिका-१३ मा आयोजित निःशुल्क आँखा शिविरबाट २८१ जनाले सेवा लिएका छन्। शुक्रबार जनकल्याण सामुदायिक वनको भवनमा आयोजित शिविरमा १९१ महिला र ९० पुरुषले आँखा परीक्षण गराएको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो। परीक्षण गराएकामध्ये ४९ जनामा मोतियाबिन्दु देखिएको छ। तीमध्ये २६ महिला र २३ पुरुष छन्। शिविरमा ७३ जनालाई निःशुल्क चश्मासमेत … Continue reading तुलसीपुर-१३ मा आँखा शिविर: २८१ जनाले लिए सेवा

थप पढ्नुहोस् »

तुलसी पेट्रोल पम्पमा आगलागी: एक जना घाइते

दाङ,६ भदौ । दाङको तुलसीपुरमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। उपमहानगरपालिका- ६ बाहिनीचोक नजिक रहेको तुलसी पेट्रोल पम्पमा आगलागी हुँदा एक जना घाइते भएका छन्। शनिबार बिहान करिब ५ः३० बजे रा.१ ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा पम्पको काउन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार कोठाभित्र बालिएको अगरबत्तीको रापबाट आगो सल्किएको … Continue reading तुलसी पेट्रोल पम्पमा आगलागी: एक जना घाइते

थप पढ्नुहोस् »

दाङका २२ वर्षीय युवाको काठमाडौंमा हत्या:दुई जना पक्राउ

दाङ, ५ भदौ । दाङका एक युवाको काठमाडौंमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ। घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय बसन्त कालाथोकीको हत्या भएको हो। काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका कालाथोकीमाथि होस्टलमै कुटपिट गरी धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा बारा कलैया-३ का २० वर्षीय प्रमित पटेल र … Continue reading दाङका २२ वर्षीय युवाको काठमाडौंमा हत्या:दुई जना पक्राउ

थप पढ्नुहोस् »

नेपालगञ्ज-पोखरा हवाई सेवा पुनः सञ्चालन हुने

बांके,५ भदौ । लामो समयदेखि रोकिएको नेपालगञ्ज-पोखरा नियमित हवाई सेवा भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। निजी हवाई सेवा प्रदायक बुद्ध एयरले यात्रुको माग बढेसँगै उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने भएकाले पछिल्लो समय यस उडानप्रति यात्रुको आकर्षण बढेको … Continue reading नेपालगञ्ज-पोखरा हवाई सेवा पुनः सञ्चालन हुने

थप पढ्नुहोस् »

बाढीपहिरो प्रभावितलाई राहत पुर्‍याउन समस्या

रोल्पा ,५ भदौ । रोल्पाको थबाङ गाउँपालिका-५ उवा गाउँका बाढीपहिरो प्रभावितले पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्। विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन समस्या भएको गाउँपालिकाले जनाएको छ। थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरका अनुसार गाउँपालिकाले भरियामार्फत राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याएर वितरण गरिरहेको छ। खाद्यान्न, ओढ्ने-ओछ्याउने सामग्री तथा लत्ताकपडालगायत अत्यावश्यक सामग्री … Continue reading बाढीपहिरो प्रभावितलाई राहत पुर्‍याउन समस्या

थप पढ्नुहोस् »