after_navbar

हुम्लामा हिमपातपछि जनजीवन प्रभावित


१५ घण्टा अगाडि


हुम्ला। हुम्लामा हिमपात र वर्षा भएपछि जनजीवन प्रभावित भएको छ।

जिल्लाको नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात भइरहेको छ भने अदानचुली, ताँजाकोटलगायत तल्लो क्षेत्रमा गएरातिदेखि हल्का वर्षा भइरहेको छ।

हिमपात र वर्षासँगै चिसो बढेको छ। कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा हुन सक्ने भएकाले सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शङ्कर खड्काले बताए।

प्रतिक्रिया दिनुहोस

data-href="