समाचार

यातायात ऐन संशोधन गर्न मजदुर संगठनको माग

दाङ,२ भदौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ का श्रमिक तथा चालकलाई असर गर्ने प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ। संगठनले संशोधन प्रस्तावसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो। संगठनले व्यावसायिक चालक अनुमतिपत्रका लागि आठ कक्षा उत्तीर्ण गर्नुपर्ने व्यवस्था हटाई साक्षरता, व्यावहारिक … Continue reading यातायात ऐन संशोधन गर्न मजदुर संगठनको माग

थप पढ्नुहोस् »

स्कारपियो दुर्घटनामा घाइते लक्ष्मीको मृत्यु

काठमाडौ,२ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहान काठमाडौंस्थित छाउनी अस्पताल लगिएको थियो। बिहान १०ः०४ बजे अस्पताल पुर्‍याइएकी उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। बडुको शव छाउनी अस्पतालमै … Continue reading स्कारपियो दुर्घटनामा घाइते लक्ष्मीको मृत्यु

थप पढ्नुहोस् »

सर्पको टोकाइबाट १३ वर्षीय बालकको मृत्यु

रुकुम पश्चिम,२ भदौ ।रुकुम पश्चिममा सर्पको टोकाइबाट १३ वर्षिय बालकको मृत्यु भएको छ। मुसिकोट नगरपालिका-७ झारीगाउँका शेरबहादुर घर्तीका छोरा हेमन्त घर्तीको सर्पको टोकाइबाट मृत्यु भएको हो। सोमबार बेलुका खाना खाएर कोठामा सुतेका हेमन्तलाई सर्पले टोकेको थियो। सर्पले टोकेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजान नपाउँदै घरमै उनको मृत्यु भएको स्थानीय मनबहादुर घर्तीले जानकारी दिए। प्रहरीका अनुसार … Continue reading सर्पको टोकाइबाट १३ वर्षीय बालकको मृत्यु

थप पढ्नुहोस् »

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना

काठमाडौ,२ भदौ । उच्च अदालत वीरगन्ज, पर्साका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना भएको छ। दुर्घटना हुँदा स्कारपियोमा सवार सबै घाइते भएका छन् । मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अनियन्त्रित भएर … Continue reading मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना

थप पढ्नुहोस् »

तुलसीपुरमा घरको बरण्डाबाट खसेर ७ वर्षीय बालकको मृत्यु

दाङ,२ भदौ । तुलसीपुरमा घरको बरन्डाबाट खसेर एक ७ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-६ घर भई हाल तुलसीपुर-५ बसपार्कमा ठूला बुवा वेदबहादुर बस्नेतको घरमा बस्दै आएका आर्यमान बस्नेत रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार सोमबार बिहान करिब ५ बजे पिसाब फेर्न बाहिर निस्कने क्रममा बालक तीन … Continue reading तुलसीपुरमा घरको बरण्डाबाट खसेर ७ वर्षीय बालकको मृत्यु

थप पढ्नुहोस् »

तुलसीपुरमा केल्मीको सोरुम सञ्चालन

दाङ,१ भदौ । दाङको तुलसीपुरमा केल्मी नेपालको नयाँ सोरुम सन्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका- ५ बाहिनी चोकदेखि पूर्वतर्फ करिब एक करोड रुपैयाँको संयुक्त लगानीमा केल्मी नेपालको नयाँ सोरुम सञ्चालनमा आएको छ। सन्दिप विक्रम राणा र प्रमोद विक्रम राणाको संयुक्त लगानीमा सञ्चालनमा आएको सोरुमको नागपञ्चमीको अवसर पारेर सन्दिप विक्रम राणाकी छोरी सिभान्सी राणाले उद्घाटन गरेकी हुन्। … Continue reading तुलसीपुरमा केल्मीको सोरुम सञ्चालन

थप पढ्नुहोस् »

बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौ,१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्। सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्। नेकपा (एमाले) ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। तर, बहुमत सांसदको समर्थन जुट्ने अवस्था … Continue reading बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा

थप पढ्नुहोस् »

छोराले गरे बुवाको हत्या

बर्दिया,१भदौ । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका-५ जुगुतपुरका १९ वर्षीय सरगम आचार्यले आफ्नै बुवा ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका उपाध्यायको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि प्रहरीले सरगमलाई नियन्त्रणमा लिएको छ। घटना किन भएको … Continue reading छोराले गरे बुवाको हत्या

थप पढ्नुहोस् »

कुटपिटबाट घाइते औषधि व्यवसायीको मृत्युः पाँच जना पक्राउ

दाङ,१ भदौ । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ। दैलेखको नारायण नगरपालिका-२ स्थायी घर भई जाजरकोटको भेरी नगरपालिका–११ जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापामाथि साउन २५ गते युवाको समूहले कुटपिट गरेको थियो। कुटपिटबाट घाइते … Continue reading कुटपिटबाट घाइते औषधि व्यवसायीको मृत्युः पाँच जना पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

दाङ,१ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजेपछि बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच साउन ९ गते भएको तीनबुँदे सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार कांग्रेसको समर्थनमा … Continue reading लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

थप पढ्नुहोस् »