समाचार

लमहीमा डेंगु रोकथामसम्बन्धी अभिमुखीकरण

दाङ,३१ साउन । दाङको लमहीमा डेंगु रोगको रोकथाम तथा बच्ने उपायबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जुनियर युवा रेडक्रस जिल्ला समिति दाङको आयोजनामा देउखुरी क्षेत्रमा गठन भएका जुनियर रेडक्रस सर्कलका शिक्षक नायक तथा स्वयंसेवकका लागि कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लमही, राजपुर, गढवा र राप्ती गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका ३० जना … Continue reading लमहीमा डेंगु रोकथामसम्बन्धी अभिमुखीकरण

थप पढ्नुहोस् »

तुलसीपुरका एक युवकलाई शरीर बन्धक बनाएको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

दाङ,३१ साउन । दाङको तुलसीपुरमा एक युवकलाई शरीर बन्धक बनाएको आरोपमा पाँच जना विरुद्ध अभियोगपत्र दर्ता भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ भगवती टोलका १९ वर्षीय जीवन बिकलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा जिल्ला अदालत दाङमा अभियोगपत्र दर्ता भएको हो। सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा अभियोगपत्र दर्ता गरेको हो। घटनामा संलग्न रहेको आरोपमा … Continue reading तुलसीपुरका एक युवकलाई शरीर बन्धक बनाएको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

थप पढ्नुहोस् »

तीन दिनमा जीवनभर नभएको निन्दा खेपेंः सभापति थापा

काठमाडौ,३१ साउन। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तीन दिनमा जीवनभर नभएको निन्दा खेप्नुपरेको बताएका छन्। सभापति थापाले संस्थापन इतर समूहको तीनदिने भेलामा आफ्नो चर्को आलोचना भएकोप्रति असन्तुष्टि जनाउँदै यस्तो बताएका हुन्। सभापति थापाले यस विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट आफ्नो विस्तृत धारणा सार्वजनिक गर्ने पनि बताएका छन्। उनले सञ्चारकर्मीलाई इतर समूहको भेलाबारे अहिले धेरै … Continue reading तीन दिनमा जीवनभर नभएको निन्दा खेपेंः सभापति थापा

थप पढ्नुहोस् »

जाजरकोट पहिरोेः मृत्यु हुनेको सँख्या चार पुग्यो

जाजरकोट, ३१ साउन। जाजरकोटमा पहिरोमा परेर मृत्यु हुनेको सँख्या चार पुगेको छ । भेरी नगरपालिका-२ मा शनिबार बेलुकी पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव आइतबार बिहान फेला परेसँगै मृतकको संख्या चार पुगेको हो। मृत्यु हुनेमा भेरी नगरपालिका-२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्री … Continue reading जाजरकोट पहिरोेः मृत्यु हुनेको सँख्या चार पुग्यो

थप पढ्नुहोस् »

जाजरकोटमा पहिरो : दुई जनाको मृत्यु, दुई जना अझै बेपत्ता

जाजरकोट, ३१साउन । अविरल वर्षापछि जाजरकोटमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। दुईजना अझै बेपत्ता छन् । जिल्लाको भेरी नगरपालिका-२ रिसाङ तथा आसपासका क्षेत्रमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको हो। पहिरोमा परी भेरी नगरपालिका-२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। घाइते कार्कीलाई उपचारका लागि मेडिकल कलेज … Continue reading जाजरकोटमा पहिरो : दुई जनाको मृत्यु, दुई जना अझै बेपत्ता

थप पढ्नुहोस् »

जाजरकोट पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोट, ३१ साउन । अविरल वर्षापछि जाजरकोटमा पहिरो गएको छ। जिल्लाको भेरी नगरपालिका-२ रिसाङमा पहिरो जाँदा दुई जना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्। पहिरोमा परी भेरी-२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यस्तै पहिरोमा परी भेरी-२ का ६० … Continue reading जाजरकोट पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

थप पढ्नुहोस् »

पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

रोल्पा,३० साउन। रोल्पाका दुई स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १६ पुगेको छ। अझै एकजना बेपत्ता छन् । जिल्लाको थबाङ गाउँपालिका-५ कोटलबारामा गएको पहिरोमा परी बेपत्ता भएका मध्य थप एकजनाको शव फेला परेको छ। प्यूठानको सरुमारानी गाउँपालिका-२ स्थित राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ-५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको रहेको पुष्टि … Continue reading पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुग्यो

थप पढ्नुहोस् »

हिमाल एकाडेमीको अभिभावक शिक्षा कार्यक्रम

तुलसीपुर , ३० साउन । हिमाल एकाडेमी तुलसीपुरले विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई लक्षित गरी अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयसँग सम्बन्धित विभिन्न विषय, बालबालिकाको शिक्षण–सिकाइमा अभिभावकको भूमिका तथा बालबालिकाको समग्र विकासका लागि अभिभावकले ध्यान दिनुपर्ने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो। विद्यालय सञ्चालक समितिका अध्यक्ष विनयकुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका कक्षा ३ सम्म … Continue reading हिमाल एकाडेमीको अभिभावक शिक्षा कार्यक्रम

थप पढ्नुहोस् »

खोलामा बग्दै गरेका बालकको सकुशल उद्धार

दाङ,३० साउन। दाङमा खोलामा बग्दै गरेका पाँच वर्षीय बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घोराही उपमहानगरपालिका-१८ ढोरेनीका ५ वर्षीय सुमन परियारलाई प्रहरीले खोलामा बगिरहेको अवस्थामा उद्धार गरेको हो। खारखोलीबाट बालक बगेको खबर पाएपछि वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक नवराजबहादुर शाहीको कमाण्डमा सात जनाको टोली घटनास्थलतर्फ गएको थियो। प्रहरीले गोदारी भन्ने स्थानमा खोलामा बग्दै गरेका … Continue reading खोलामा बग्दै गरेका बालकको सकुशल उद्धार

थप पढ्नुहोस् »

पुराना शक्ति फेरि जुर्मुराउनु विडम्बना होः भट्टराई

काठमाडौ,३० साउन। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहपछि पनि पुराना राजनीतिक शक्ति फेरि सक्रिय हुनु र नयाँ शक्तिहरू अलमलिएको देखिनु विडम्बनापूर्ण भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले बाह्य रूपमा बढ्दै गएको भूराजनीतिक तनाव र देशभित्र लामो समयदेखि रहेको आर्थिक, राजनीतिक तथा सामाजिक समस्या कुनै पनि बेला विस्फोट हुनसक्ने अवस्था रहेको बताएका हुन्। … Continue reading पुराना शक्ति फेरि जुर्मुराउनु विडम्बना होः भट्टराई

थप पढ्नुहोस् »