after_navbar

लुम्बिनीको समग्र विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : मुख्यमन्त्री आचार्य


१३ घण्टा अगाडि


अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्।

जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले सरकारले विकासका क्षेत्रमा आवश्यक पहल गरिरहेको बताए। उनले अब जनताले विकासको प्रतिफल खोजिरहेको भन्दै सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने बताए।

मुख्यमन्त्री आचार्यले प्रदेशको विकासका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। संघीय सरकारका बजेट अभावका कारण रोकिएका आयोजनालाई अघि बढाउन निरन्तर पहल भइरहेको उनको भनाइ छ।

उनले विकास आयोजनाको मूल्यांकन राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा नभई आवश्यकता र परिणामका आधारमा गर्नुपर्ने बताए। राम्रो काम गर्ने कार्यालय र कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

वनसम्बन्धी कानुनका कारण प्रदेश र स्थानीय तहको विकास तथा राजस्व संकलनमा असर परेको भन्दै उनले कानुनी तथा नीतिगत सुधारका लागि संघीय सरकारसँग पहल भइरहेको बताए।

लुम्बिनीमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइ र सडक क्षेत्रमा पछिल्लो समय काम भएको दाबी गर्दै उनले प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउने बताए।

प्रतिक्रिया दिनुहोस

data-href="