after_navbar

हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला


११ घण्टा अगाडि


काठमाडौ।मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये आज थप चार जनाको शव फेला परेको छ।

नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले सामाजिक सञ्जालमार्फत पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्ने क्रममा थप चार जनाको शव फेला पारेको जानकारी दिएको हो।

यसअघि सात जनाको शव फेला परिसकेको थियो। हिमपहिरोमा १६ जना बेपत्ता भएकामा हालसम्म ११ जनाको शव फेला परेको छ भने अझै पाँच जना बेपत्ता छन्।

खोजी तथा उद्धार कार्य जारी रहेको एनएनएमजीएले जनाएको छ।हिम्लुङ हिमालको आधार शिविरमा गत आइतबार, असोज ११ गते बिहान हिमपहिरो गएको थियो।

प्रतिक्रिया दिनुहोस

data-href="