after_navbar

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको शिष्टाचार भेट


१२ घण्टा अगाडि


काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले आज शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आफू आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराएका थिए।

भेटमा आईपीयू महासभामा नेपालको सहभागिता र प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="