after_navbar

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा चार यात्रु घाइते


४ घण्टा अगाडि


कपिलवस्तु।कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंग खस्दा चारजना यात्रु घाइते भएका छन् । जिल्लाको शिवराज नगरपालिका–१ स्थित चोरखोलामा गुडिरहेको बसमाथि ढुंगा खस्दा चार जना यात्रु घाइते भएका हुन् ।

चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ख ३७७० नम्बरको बसमाथि मंगलबार बिहान साढे १ बजे ढुंगा खसेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए।

ढुंगाले बसको सिट च्यापिँदा बर्दियाका द्ववारिकाप्रसाद थारू, सुरेशलाल थारू, सलिना सुनार र भगवती कँडेल घाइते भएका हुन्। उनीहरूको उद्धार गरी उपचारका लागि दाङको भालुवाङ अस्पताल लगिएको प्रहरीले जनाएको छ।

घटनाका बेला बसमा ३० जना यात्रु सवार थिए। घटनापछि सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरेको हो।

प्रतिक्रिया दिनुहोस

data-href="