समाचार

ईभीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

दाङ,४ भदौ । दाङको राप्ती गाउँपालिका-१ माथिल्लो भालुवाङमा ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भालुवाङ-प्युठान सडकखण्डअन्तर्गत पेट्रोल पम्प नजिकै भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०१०८ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ईभी २२ वर्षीय … Continue reading ईभीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

दाङमा ३७ नाल अवैध भरुवा बन्दुक फेला

दाङ, ४ भदौ । दाङ प्रहरीले जिल्लाका विभिन्न जंगल तथा सामुदायिक वनमा लुकाइछिपाइ राखिएका ३७ नाल अवैध भरुवा बन्दुक फेला पारेको छ। विशेष सूचनाका आधारमा भदौ १ देखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा प्रहरीले विभिन्न स्थानबाट बन्दुक फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जंगलका झाडी, ओडार तथा अन्य स्थानमा लुकाएर राखिएका … Continue reading दाङमा ३७ नाल अवैध भरुवा बन्दुक फेला

थप पढ्नुहोस् »

दुई दिनदेखि बेपत्ता बालकको सामुदायिक वनबाट उद्दार

दाङ,४ भदौ । प्रहरीले दुई दिनदेखि बेपत्ता भएका दुई वर्षीय बालकको सकुशल उद्धार गरेको छ। पूर्व नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका- १४ भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक शिवान तामाङलाई सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भदौ २ गते बिहान करिब ७ बजे बालककी हजुरआमा हेमकुमारी आले घरनजिकैको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी … Continue reading दुई दिनदेखि बेपत्ता बालकको सामुदायिक वनबाट उद्दार

थप पढ्नुहोस् »

ट्र्याक्टर र अटो ठोक्किँदा अटो चालकको मृत्यु

दाङ,४ भदौ । दाङमा ट्र्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पौडेलको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको हो। … Continue reading ट्र्याक्टर र अटो ठोक्किँदा अटो चालकको मृत्यु

थप पढ्नुहोस् »

साढे ४ करोडमा तीन मोटरेबल पुल निर्माण

रुकुम पूर्व ,४ भदौ । पुथाउत्तरगंगा गाउँपालिकाले करिब साढे ४ करोड रुपैयाँ लगानीमा तीनवटा मोटरेबल पुल निर्माण गरेको छ। पुल निर्माणसँगै गाउँपालिकाका विभिन्न वडामा आवतजावत सहज भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको हो। वडा नं. ११ सेरा र वडा नं. १० तक जोड्ने … Continue reading साढे ४ करोडमा तीन मोटरेबल पुल निर्माण

थप पढ्नुहोस् »

एएनपीआर क्यामेरा प्रहरीलाई हस्तान्तरण

दाङ,३ भदौ । स्थानीय सरकारको स्वामित्वमा रहने गरि तुलसीपुर उद्योग वाणिज्यसंघले एएनपीआर क्यामेरा प्रहरीलाई हस्तान्तरण गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघले वीरेन्द्र चोकमा जडान गरेको एएनपीआर क्यामरा इलाका प्रहरी कार्यालय तुलसीपुरलाई हस्तान्तरण गरेको हो । क्यामरा तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा रहने गरी हस्तान्तरण गरिएको हो। क्यामरा हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले प्रविधिको … Continue reading एएनपीआर क्यामेरा प्रहरीलाई हस्तान्तरण

थप पढ्नुहोस् »

बलात्कारपछि बालिका हत्या प्रकरणमा दुई युवक पक्राउ

काठमाडौ,३ भदौ ।बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको आरोपमा दुईजना पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले म्याजिकका १६ वर्षीय सहचालक सुमन थापा र म्याजिक धनी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन ३१ गते घरबाट हराएकी … Continue reading बलात्कारपछि बालिका हत्या प्रकरणमा दुई युवक पक्राउ

थप पढ्नुहोस् »

तुलसीपुर उपमहानगरले चारवटा गाडी भाडामा लिँदै

दाङ,३ भदौ ।तुलसीपुर उपमहानगरपालिकाले चारवटा गाडी भाडामा लिने भएको छ। उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक गाडीधनीबाट आवेदन मागेको छ। सूचनामा भने दुईवटा डबल क्याप पिकअप गाडी आवश्यक रहेको उल्लेख छ। महेन्द्रा, इसुजी वा सोही प्रकृतिका गाडी मासिक ६५ हजार रुपैयाँका दरले भाडामा लिन खोजिएको सूचनामा उल्लेख छ। तर, उपमहानगरपालिकाकी यान्त्रिक शाखा प्रमुख रेवा … Continue reading तुलसीपुर उपमहानगरले चारवटा गाडी भाडामा लिँदै

थप पढ्नुहोस् »

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत,३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने तयारी गरेका हुन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही नेकपा एमालेको समर्थनमा साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए। केन्द्रमा एमाले र नेकपाबीच साउन ९ … Continue reading कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

थप पढ्नुहोस् »

फोर्स गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु,एक घाइते

दाङ,३ भदौ । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीमा गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार बिहान नेपालगन्जबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख १११२ नम्बरको फोर्स गाडी र विपरीत दिशातर्फ जादै गरेको बा.६८ प २५२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक … Continue reading फोर्स गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु,एक घाइते

थप पढ्नुहोस् »