after_navbar

दाङमा पटकासहित ६७ वर्षीया महिला पक्राउ


१४ घण्टा अगाडि


दाङ। दाङको देउखुरीबाट प्रहरीले पटाकासहित एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका-३ करङ्गाखोलाकी ६७ वर्षीया खिमा पुन रहेकी छन्। घरमा अवैध रूपमा पटाका राखेको गोप्य सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको टोलीले उनको घरमा खोजतलासी गरेको थियो।

खोजतलासीका क्रममा प्रहरीले ४ लाख १९ हजार ५ सय रुपैयाँ बराबरका विभिन्न किसिमका पटाका बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पुनमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="