after_navbar

एक किलो सुनसहित महिला पक्राउ


१२ घण्टा अगाडि


रुपन्देही । सशस्त्र प्रहरीले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई पक्राउ गरेको छ।

सिद्धार्थनगर नगरपालिका-१ शान्तिगेटबाट बुधबार राति भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका-१९ की ४६ वर्षीया इला पटेल पक्राउ परेकी हुन्।

सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट सुनका गरगहना बरामद गरिएको थियो।

सिद्धार्थनगरका सुनचाँदी व्यवसायीबाट परीक्षण गराउँदा गरगहनाको तौल एक किलो रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको जनाइएको छ।

पक्राउ परेकी पटेललाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="