समाचार

​दाङको तुलसीपुरमा श्रमिक र श्रमिक सञ्जाल बीच अन्तर्क्रिया: यातायात व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन जोड

​दाङ १९ असार ।दाङको तुलसीपुरमा श्रमिक र श्रमिक सञ्जालहरू बीच विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले यातायात क्षेत्रमा सवारी सुरक्षा, उपभोक्ताको हित र श्रमिकहरूको व्यवहारमा सुधार ल्याउँदै यो व्यवसायलाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्। ​कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले सवारी दुर्घटना नेपालको सबैभन्दा ठुलो चुनौती … Continue reading ​दाङको तुलसीपुरमा श्रमिक र श्रमिक सञ्जाल बीच अन्तर्क्रिया: यातायात व्यवसायलाई सुरक्षित र मर्यादित बनाउन जोड

थप पढ्नुहोस् »

देशभर मनसुन सक्रिय: आज पनि अधिकांश स्थानमा वर्षा

काठमाडौँ, १९ असार । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ। ​हाल देशभर साधारणतया बादल लागेको छ … Continue reading देशभर मनसुन सक्रिय: आज पनि अधिकांश स्थानमा वर्षा

थप पढ्नुहोस् »

पूर्वअर्थमन्त्री पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज, अनुसन्धान जारी

काठमाडौं १८, असार । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ। सर्वोच्च अदालतका ​न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बिहीबार पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेको रिट खारेज गर्ने फैसला सुनाएको हो। सर्वोच्चको यो आदेशसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान … Continue reading पूर्वअर्थमन्त्री पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज, अनुसन्धान जारी

थप पढ्नुहोस् »

मन्त्रिपरिषद्को निर्णय: गोरखापत्र संस्थानमा नियुक्तिदेखि एआईजी सरूवासम्म

काठमाडौं, १८ असार ।सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गर्नुका साथै विभिन्न संस्थानहरूमा नियुक्ति र महत्त्वपूर्ण नीतिगत निर्णयहरू गरेको हो। ​बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सरकारी निकायमा रिक्त पदहरूको पूर्ति, नियमावली संशोधन र … Continue reading मन्त्रिपरिषद्को निर्णय: गोरखापत्र संस्थानमा नियुक्तिदेखि एआईजी सरूवासम्म

थप पढ्नुहोस् »

​कर्णाली नदीमा यात्रुबोकेको फोर्स गाडी खस्यो: चालकसहित ५ जना सवार, उद्धार कार्य जारी

​दाङ, १८ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा आज एउटा यात्रुबाहक माइक्रो गाडी दुर्घटना भई कर्णाली नदीमा खसेको छ । ​सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा डुबेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित ५ जना सवार रहेको अनुमान … Continue reading ​कर्णाली नदीमा यात्रुबोकेको फोर्स गाडी खस्यो: चालकसहित ५ जना सवार, उद्धार कार्य जारी

थप पढ्नुहोस् »

चट्याङ लागेर एक युवकको मृत्यु: दुई घाइते

जुम्ला,१८ असार । जुम्लामा चट्याङ लागेर एक युवककी मृत्यु भएको छ। दुई जना घाइते भएका छन् । जिल्लाको हिमा गाउँपालिका-२ स्थित छोटा खर्क पाटनमा चट्याङ लागेर उक्त घटना भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १९ वर्षीय रवीन्द्र रावत माथि … Continue reading चट्याङ लागेर एक युवकको मृत्यु: दुई घाइते

थप पढ्नुहोस् »

बागमतीमा लाइसेन्स शुल्कमा भारी वृद्धि: अब कुन वर्गलाई कति ?

दाङ, १७ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी दस्तुरमा भारी वृद्धि गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत लाइसेन्स लिने, नवीकरण गर्ने र नयाँ वर्ग थप गर्ने शुल्कमा शतप्रतिशत (दोब्बर) वृद्धि गरेको हो। नयाँ व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ। आर्थिक विधेयकमार्फत गरिएको यो संशोधनले … Continue reading बागमतीमा लाइसेन्स शुल्कमा भारी वृद्धि: अब कुन वर्गलाई कति ?

थप पढ्नुहोस् »

​त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त

दाङ, १७ असार । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्ष पदमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन शाहले पूर्वाधार विज्ञसमेत रहेका थापालाई सो पदमा नियुक्त गरेका हुन्। यश अघिका अध्यक्षलाई बर्खास्त गरिएपछि त्रिवि सेवा आयोगको अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदै आएको थियो। ​नवनियुक्त अध्यक्ष थापा नेपाल सरकारका पूर्वसचिव हुनुका साथै पूर्वाधार … Continue reading ​त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त

थप पढ्नुहोस् »

देशभर वर्षा सक्रिय: पश्चिमका जिल्लामा बाढीको जोखिम बढ्दो

दाङ,१७ असार । देशका अधिकांश स्थानमा वर्षा सक्रिय भएसँगै पश्चिमका केही जिल्लामा बाढीको जोखिम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ। दाङ र सिन्धुपाल्चोकमा पनि ४० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। बाँके, बर्दिया र कैलाली भएर बग्ने साना नदीमा पानीको बहाव बढ्दै … Continue reading देशभर वर्षा सक्रिय: पश्चिमका जिल्लामा बाढीको जोखिम बढ्दो

थप पढ्नुहोस् »

दंगीशरण-६ मा डिजिटल नागरिक बडापत्र सन्चालनमा

दाङ, १६ असार । दंगीशरण गाउँपालिका-६ नम्बरको वडा कार्यालयले डिजिटल नागरिक बडापत्र सन्चालनमा ल्याएको छ। वडाको सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित उक्त डिजिटल बडापत्र सञ्चालनमा ल्याएको हो। मंगलबारदेखि औपचारिक रूपमा लागू गरिएको उक्त प्रणालीमार्फत सेवाग्राहीले वडा कार्यालयमै राखिएको डिजिटल स्क्रिनबाट उपलब्ध सेवाहरू, आवश्यक कागजात, दस्तुर तथा प्रक्रियासम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न … Continue reading दंगीशरण-६ मा डिजिटल नागरिक बडापत्र सन्चालनमा

थप पढ्नुहोस् »