समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौ १५ असार। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको थियो। पछिल्ला दिनमा मूल्यमा उतारचढाव देखिँदै आएको छ। त्यस्तै, … Continue reading सुनचाँदीको मूल्य घट्यो

थप पढ्नुहोस् »

दलित महिलालाई सर्फ बनाउने तालिम

दाङ,१५ असार। दाङको दंगीशरणमा महिलाहरुका लागि सर्फ बनाउनेको समापन गरिएको छ ।महिलाहरूलाई सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको तालिमको समापन गरिएको हो। दंगीशरण गाउँपालिका-२ मा दलित महिलालाई लक्षित गर्दै तीनदिने सर्फ (लुगा धुने पाउडर) बनाउने आधारभूत सञ्चालन भएको थियो। वडा कार्यालयको आयोजना, गाउँपालिकाको सहयोग तथा हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहजीकरणमा असार १२ देखि … Continue reading दलित महिलालाई सर्फ बनाउने तालिम

थप पढ्नुहोस् »

आज धान दिवस: लुम्बिनीमा २० प्रतिशत मात्र धान रोपाइँ

दाङ,१५ असार । आज असार १५, राष्ट्रिय धान दिवस। “मुरी फलाउन मानो रोप्ने” दिनका रूपमा मनाइने यस अवसरमा किसानहरू खेतखेतमा धान रोपाइँमा व्यस्त देखिएका छन्। यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानदेखि परेको वर्षाले केही राहत दिएको छ। वर्षासँगै रोपाइँको गति पनि बढ्ने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेश … Continue reading आज धान दिवस: लुम्बिनीमा २० प्रतिशत मात्र धान रोपाइँ

थप पढ्नुहोस् »

वन, वातावरणका विषयमा अन्तरक्रिया: जलवायु संकटका विषयमा सावर्जनिक चासो

दाङ, १५ असार। जलवायु परिवर्तनको प्रभाव प्रतिदिन बढ्दै जाँदा यसको प्रत्यक्ष असर वन क्षेत्र हुँदै जनजीवनसम्म फैलिन थालेको छ। वन तथा पर्यावरण क्षेत्रमा देखिएको प्रतिकुल प्रभावको विषय पछिल्लो समय सार्वजनिक चासोको विषय पनि बनेको छ । पछिल्ला वर्षहरूमा देखिएको मौसमको असन्तुलन, बेमौसमी वर्षा, अत्यधिक गर्मी र भूमिगत पानीको सतह घट्दै जानुले दाङसहित देशका विभिन्न क्षेत्रमा … Continue reading वन, वातावरणका विषयमा अन्तरक्रिया: जलवायु संकटका विषयमा सावर्जनिक चासो

थप पढ्नुहोस् »

उपमेयर राना मगरको सडक दुर्घटनामा निधन

प्यूठान,१४ असार। स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सवारी दुर्घटनामा परेर निधन भएको छ। आफ्नै गाडी चलाइरहेका उनी शनिबार बेलुकी दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार बेलुकी करिब पौने ५ बजेतिर लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी–२ बाङ्गेशाल क्षेत्रमा करिब ४०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला गाडीमा उनी एक्लै सवार थिए। भीरालो र अप्ठेरो भूगोलका … Continue reading उपमेयर राना मगरको सडक दुर्घटनामा निधन

थप पढ्नुहोस् »

कमला वली हत्या प्रकरण: अदालतको आदेशपछि चारै जना थुनामा

दाङ,१३ असार । कमला खड्का ओली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले रिहा गरिएका चार जनालाई थुनामा राख्न आदेश दिएको छ। तुलसीपुर उपमहानगरपालिका १९ कि वलीको हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले चारै जना आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। यसअघि जिल्ला अदालत दाङले मुख्य अभियुक्त श्रीमान् गोपाल वलीलाई मात्र थुनामा पठाउने र अन्य तीन … Continue reading कमला वली हत्या प्रकरण: अदालतको आदेशपछि चारै जना थुनामा

थप पढ्नुहोस् »

३/४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना

काठमाडौ,१३ असार। अबको तीनदेखि चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा मनसुन विस्तार हुने अनुमान गरिएको छ। यस वर्ष सरदर मितिभन्दा करिब ६ दिन ढिला गरी असार ५ गते ९जुन १९० मा पूर्वी क्षेत्रबाट … Continue reading ३/४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना

थप पढ्नुहोस् »

राप्तीमा शैक्षिक गुणस्तर सुधारका लागि दुईदिने उत्प्रेरणा तालिम सुरु

दाङ,१३ असार । दाङको राप्ती गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि दुईदिने उत्प्रेरणा तालिम सुरु भएको छ । गाउँपालिकाको को आयोजनामा वडा नं।४ स्थित माध्यमिक विद्यालय मौरीघाटमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले प्रार्थना व्यवस्थापन तथा सांगीतिक पीटी सम्बन्धी दुईदिने व्यावहारिक उत्प्रेरणा तालिम शुक्रबारदेखि सुरु भएको हो। विद्यालयमा अनुशासन, सकारात्मक सोच, नेतृत्व विकास तथा गुणस्तरीय शैक्षिक वातावरण … Continue reading राप्तीमा शैक्षिक गुणस्तर सुधारका लागि दुईदिने उत्प्रेरणा तालिम सुरु

थप पढ्नुहोस् »

आजपनि अत्यधिक गर्मी

दाङ,१३ असार। दाङसहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी बढ्दै गएको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा आज पनि तातो हावा चल्ने सम्भावना रहेको छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढेर तातो दिन रहने … Continue reading आजपनि अत्यधिक गर्मी

थप पढ्नुहोस् »

जीप दुर्घटना हुँदा आठ जना घाइते

रुकुम पश्चिम ,१३ असार । जीप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–६ डाँगीमोडमा जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका हुन् । शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ जाँदै गरेको लु २ ख ४९८० नम्बरको फोर्स जीप अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल … Continue reading जीप दुर्घटना हुँदा आठ जना घाइते

थप पढ्नुहोस् »