समाचार

खोलाले बगाउँदा रोल्पामा एक वृद्धको मृत्यु

रोल्पा,२१ साउन ।खोलाले बगाउँदा रोल्पामा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार खोलाले बगाउँदा ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो। सुनछहरी गाउँपालिका–१ फुलिबन नजिकै रहेको बाच्छे खोला तर्ने क्रममा घर्तीमगरको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर्तीमगर सामाजिक सुरक्षा भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ बाट घर फर्कदै गरेका थिए। … Continue reading खोलाले बगाउँदा रोल्पामा एक वृद्धको मृत्यु

थप पढ्नुहोस् »

सवारी दुर्घटनामा घाइते केसीको उपचारका क्रममा मृत्यु

दाङ ,२१ साउन । धानको तुलसीपुरमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी २१ वर्षीय कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-११ निवासी केसीको आज दुर्घटनामा परी मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मदन आश्रित चोक र गुम्राह चोक बीचमा भएको दुर्घटनामा बजारबाट दक्षिणतर्फ जाँदै गरेको स्कुटरलाई गुम्राह चोकबाट उत्तरतर्फ जादै गरेको … Continue reading सवारी दुर्घटनामा घाइते केसीको उपचारका क्रममा मृत्यु

थप पढ्नुहोस् »

मनसुन विपद् न्यूनीकरणसम्बन्धि सचेतना बढाउन मुख्यमन्त्रीको निर्देशन

दाङ,२१ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्का कारण बढ्दो मानवीय तथा भौतिक क्षति रोक्न सचेतना अभियान तीव्र बनाउन निर्देशन दिएका छन्। लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद् को १४औँ बैठकमा बोल्दै उनले पूर्वतयारी, जनचेतना र निकायबीच समन्वय प्रभावकारी बनाउन जोड दिएका हुन् । बैठकमा जोखिमयुक्त जलाशय र सिँचाइ नहर वरिपरि तारबार गर्ने, पोखरी तथा … Continue reading मनसुन विपद् न्यूनीकरणसम्बन्धि सचेतना बढाउन मुख्यमन्त्रीको निर्देशन

थप पढ्नुहोस् »

बुहारीमाथि जबरजस्ती करणीको आरोपमा जेठाजु पक्राउ

दाङ, २१ साउन । दाङमा प्रहरीले बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा जेठाजुलाई पक्राउ गरेको छ। जिल्लाको बबई गाउँपालिका-४ मा आफ्नै भाइ बुहारी नाता पर्ने २२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार असार २६ गते बिहान करिब ४ बजे पीडित सुतिरहेको बेला अभियुक्तले कोठामा प्रवेश गरी … Continue reading बुहारीमाथि जबरजस्ती करणीको आरोपमा जेठाजु पक्राउ

थप पढ्नुहोस् »

सल्यानमा एक शिक्षक मृत फेला

दाङ ,२० साउन। सल्यानमा एक शिक्षक मृत फेला परेका छन्।सल्यानमा शिक्षक मृत फेला, कारण खुल्न बाँकीसल्यान — बागचौर नगरपालिका–७ मा एक शिक्षक मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका घर भई हाल बागचौर-७ मा बस्दै आएका अन्दाजी ४८ वर्षीय हरि बहादुर ओली आज बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको … Continue reading सल्यानमा एक शिक्षक मृत फेला

थप पढ्नुहोस् »

सरकारमा जाने विषयमा राप्रपाको कुनै निर्णय छैन : लिङ्देन

काठमाडौ,२० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन ले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म कुनै औपचारिक छलफल वा निर्णय नभएको बताएका छन्। उनले राप्रपा आफैं सरकारमा जान पहल गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनका अनुसार हालसम्म कुनै पनि दलसँग औपचारिक संवाद नभएको र कसैले सहयोगका लागि अनुरोधसमेत नगरेको बताए। ‘हामीले अहिले … Continue reading सरकारमा जाने विषयमा राप्रपाको कुनै निर्णय छैन : लिङ्देन

थप पढ्नुहोस् »

चारदिनमा ५५ थान अवैध भरुवा बन्दुक बरामद

दाङ ,२० साउन । जिल्ला प्रहरी कार्यालय दाङले चार दिनको अवधिमा ५५ थान अवैध भरुवा बन्दुक बरामद गरेको जनाएको छ।प्रहरी निरीक्षक एक्क बहादुर नेपालीका अनुसार ‘विशेष सर्च अपरेशन’का क्रममा स्थानीयले वनजंगलमा लुकाइछिपाइ राखेका ती बन्दुकहरू फेला पारिएको हो। साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानमा जिल्लाका विभिन्न स्थानमा खोजतलास गरिएको थियो। प्रहरीका अनुसार … Continue reading चारदिनमा ५५ थान अवैध भरुवा बन्दुक बरामद

थप पढ्नुहोस् »

इँटाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

बाँके,२० साउन । इट्टाभट्टाको पर्खाल भत्किँदा दुईजना मजदुरको मृत्यु भएको छ। बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ‘न्यू किसान इँटा भट्टा’को पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँके प्रहरीका अनुसार घटनामा ५२ वर्षीय वर्षादी लोधको साउन १८ गते घटनास्थलमै मृत्यु भएको हो। त्यस्तै, पर्खालले च्यापेर गम्भीर … Continue reading इँटाभट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

थप पढ्नुहोस् »

सरकारलाई दोहोरो मापदण्डको आरोप

दाङ ,२० साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले बालेन्द्र शाह नेतृत्वको सरकारलाई दोहोरो मापदण्डको आरोप लगाएका छन्। पोखरेलले वर्तमान सरकार विगतमा विरोध गरेका विषयमै अहिले आफैं अघि बढिरहेको आरोप लगाएका हुन् । प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। विगतमा राजनीतिक … Continue reading सरकारलाई दोहोरो मापदण्डको आरोप

थप पढ्नुहोस् »

रोल्पामा जिप दुर्घटना हुँदा ९ जना घाइते

दाङ,१९ साउन । रोल्पामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका-५ मा जिप दुर्घटना भएको हो। दुर्घटनामा घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गंगादेव गाउँपालिका-१ भुर्तिबाट तुलसीपुरतर्फ जादै गरेको लु १ ज १७४३ नम्बरको जिप आज हान्जाबाङमा अनियन्त्रित भई सडकबाट करिब १५ … Continue reading रोल्पामा जिप दुर्घटना हुँदा ९ जना घाइते

थप पढ्नुहोस् »