after_navbar

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ


१३ घण्टा अगाडि


काठमाडौ। वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका-१ का २६ वर्षीय दीपबहादुर तामाङ छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। उनी नीम इजुकेशन कन्सल्टेन्सीका सञ्चालक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङले जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड १ लाख रुपैयाँ लिएको पाइएको छ। यस्तै, ६ वटा बैंकिङ कसुरसम्बन्धी घटनामा ३४ लाख ६५ हजार रुपैयाँ ठगी गरेको पनि खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="