after_navbar

सल्यानका दुई सामुदायिक वनबाट ८ नाल भरुवा बन्दुक बरामद


१५ घण्टा अगाडि


दाङ। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुई सामुदायिक वनबाट प्रहरीले ८ नाल भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले बुधबार बिहान वडा नम्बर ७ स्थित सल्लेरी सामुदायिक वनको ओडारबाट चार र वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनबाट चार नाल बन्दुक बरामद गरेको हो।

प्रहरीका अनुसार दुवै वनका ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुक फेला परेका हुन्। बन्दुक कसले र के प्रयोजनका लागि लुकाएर राखेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="