दाङ। पाँच दिनसम्म लगातार परेको वर्षा रोकिएर मंगलबारदेखि घाम लाग्न थाले पनि आइतबारदेखि फेरि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार आइतबारदेखि स्थानीय वायुको प्रभावले विशेषगरी पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्छ।
उनका अनुसार पछिल्लो पटकजस्तो लगातार र भारी वर्षा गराउने कुनै ठूलो मौसमी प्रणाली अहिले छैन। विभिन्न मौसम पूर्वानुमान मोडलले केही स्थानमा मध्यम वर्षा हुन सक्ने देखाए पनि तराई क्षेत्रमा वर्षाको सम्भावना कम छ।
मनसुन बाहिरिने समय नजिक रहेकाले यस समयमा सामान्य वर्षा हुनु स्वाभाविक रहेको मौसमविद् अर्यालले बताएका छन्। धान भित्र्याउने तयारीमा रहेका किसानले पनि ठूलो वर्षाको चिन्ता लिनुपर्ने अवस्था नरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस