after_navbar

दाउन्ने दुर्घटना अपडेट: ६ जनाको मृत्यु,१० घाइते


४ घण्टा अगाडि


दाङ। नवलपरासीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने १० जना घाइते छन् । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ एस मोडमा ब्रेक फेल हुदा बस दुर्घटना भएको हो।

नेपालगञ्जबाट काठमाडौं जादै गरेको प्रदेश-३-०१-००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व-पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा दुई जना सकुशल रहेका छन्।

मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका-३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ। बाँकी पाँच मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गोरखा गोर्खा नगरपालिका-९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका-६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका-१ की २० वर्षीया आकृती, बाजुरा स्वामीकार्तिक गाउँपालिका-५ का ३२ वर्षीय पवन बुढा र बर्दिया राजापुर नगरपालिका-९ का २८ वर्षीय सञ्जय थारु रहेका छन्।

यस्तै, बाजुरा स्वामीकार्तिक गाउँपालिका-१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका-५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका-७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगञ्ज उपमहानगरपालिका-१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे नगरपालिका-१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते भएका छन्।

घाइते सबैको डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="