after_navbar

दाउन्नेमा बस पल्टिँदा ४ जनाको मृत्यु


५ घण्टा अगाडि


दाङ। नवलपरासीमा ब्रेक फेल भएर बस पल्टिँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौं जाँदै गरेको बस शनिबार बिहान करिब पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर नालामा पल्टिएको हो। दुर्घटनामा एक महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते ११ जनालाई उद्धार गरी कावासोतीस्थित मध्यबिन्दु अस्पतालमा उपचारका लागि पठाइएको छ। बसमा १७ जना यात्रु सवार थिए। बिहान सवा ६ बजेसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस

data-href="