after_navbar

पश्चिम नेपालमा वर्षा: शुक्रबारसम्म हावाहुरी र असिनाको सम्भावना


१५ घण्टा अगाडि


ranning

काठमाडौ । काठमाडौं उपत्यकासहित देशका पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ। चितवनदेखि पश्चिमका तराई र पहाडी धेरैजसो क्षेत्रमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चितवन, नवलपुर, तनहुँ, गोरखा, बर्दिया, सुर्खेत, डोटी, कैलाली, कञ्चनपुर र डडेलधुरालगायत क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ।

यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने क्रम शुक्रबारसम्म रहने अनुमान गरिएको छ।

हिमाली क्षेत्रका केही स्थानमा हिमपात र मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम छोटो समयमै परिवर्तन हुन सक्ने भएकाले हावाहुरी र असिनाबाट हुन सक्ने क्षतिप्रति सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="