after_navbar

आगलागी हुँदा १० लाख बराबरको क्षति


१ घण्टा अगाडि


रुकुमश्चिम। रुकुम पश्चिममा घरमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ। जिल्लाको मुसीकोट नगरपालिका-१२ जमारुमा विद्युत सर्ट भएर घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको हो।

मंगलबार बिहान स्थानीय दुर्गबहादुर ओलीको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो। आगलागीबाट घरमा रहेका नगद, जिन्सी सामान, अन्नपात र लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएका छन्।

मुसीकोट नगरपालिका–१२ का वडाध्यक्ष धिरण शेर्पालीका अनुसार आगलागीको खबर पाएलगत्तै स्थानीय बासिन्दा, वडाध्यक्ष र प्रहरी चौकी सोलाबाङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। उनीहरूको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

आगो नियन्त्रणमा आए पनि घरभित्र रहेका विभिन्न सामग्री जोगाउन नसकिएको वडाध्यक्ष शेर्पालीले बताए। उनका अनुसार आगलागीबाट नगद तथा जिन्सी सामग्रीसहित करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="