समाचार

गाजा आक्रमणमा २९ जनाको मृत्यु

लेबनान। इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ। जाबलिया शरणार्थी शिविरको छेवैमा रहेको एक घरमा इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थका कारण उनीहरूको मृत्यु भएको हो। अहिले चार लाख प्यालेस्टाइनी इजरायली सेनाको ट्यापमा परेका छन्। लेबनानमा युनिफलको प्रतिनिधित्व गर्ने राष्ट्र सङ्घीय ‘पिस किपर’ले त्यस स्थान नछाड्ने जनाएका छन्। इजरायली आक्रमणमा परी पिसकिपर घाइते … Continue reading गाजा आक्रमणमा २९ जनाको मृत्यु

थप पढ्नुहोस् »

भुकम्पको धक्का महसुस

खोटाङ,२९ असोज ।खोटाङमा भुकम्पको धक्का महसुस गरिएको छ । सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४।३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

थप पढ्नुहोस् »

दंगीशरणमा अटो दुर्घटना हुँदा तीनजना घाइते

दाङ २८ असोज। पश्चिम दाङको दङ्गीशरणमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। दङ्गीशरण गाउँपालिका वडा नं ५ पोटलीचोकमा सोमबार बेलुकी भएको अटो दुर्घटनामा परि तीनजना घाइते भएका हुन्। तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको रा १ ह २१०८ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा अटो चालकसहित तीन जना घाइते भएका हुन्। दुर्घटनामा बर्दियाको राजापुर नगरपालिका वडा नम्बर २ … Continue reading दंगीशरणमा अटो दुर्घटना हुँदा तीनजना घाइते

थप पढ्नुहोस् »

प्रहरी हवल्दारको मृत्यु

तनहुँ,२८ असोज ।माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको … Continue reading प्रहरी हवल्दारको मृत्यु

थप पढ्नुहोस् »

भारतीय वन रक्षकको गोली प्रहारबाट ४ नेपाली घाइते

दाङ,२८ असोज । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् । दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गोली लागेको हो । गोली लागेका मध्ये गम्भीर अवस्थाका … Continue reading भारतीय वन रक्षकको गोली प्रहारबाट ४ नेपाली घाइते

थप पढ्नुहोस् »

इजरायली हमलामा परि विद्यालयमा आश्रित १५ जनाको मृत्यु

काठमाडौँ ,२८ असोज । इजरायलले गरेको हवाइ हमलामा गाजाको विद्यालयमा आश्रय लिएर बसेका १५ जनाको मृत्यु भएको छ। सो विद्यालयमा विस्थापित प्यालेस्टिनीहरू आश्रय लिएर बसेका थिए। गाजाको नुसैरत शिविरमा इजरायलले दर्जनौ प्रहार गरेको थियो। इजरायली हमलामा अन्य ५० जना घाइते भएका छन्। हालैका दिनहरूमा गाजामा द्वन्द्वका मुख्य क्षेत्रहरू उत्तरमा रहेका छन् । यो स्थानमा इजरायली … Continue reading इजरायली हमलामा परि विद्यालयमा आश्रित १५ जनाको मृत्यु

थप पढ्नुहोस् »

दाङका १६ जनासहित २१ जुवाडे पक्राउ

दाङ ,२८ असोज। नेपाल प्रहरीले जुवा खेलिरहेको अवस्थामा दाङका १६ जनासहित २१ जनालाई पक्राउ गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिका , दङ्गीशरण गाउँपालिका र ललितपुर महानगरपालिकाका गरी २१ जनालाई प्रहरीले पक्राउ गरेको हो। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित गैरापातु बस्ने शिवबहादुर बिक्कको घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी … Continue reading दाङका १६ जनासहित २१ जुवाडे पक्राउ

थप पढ्नुहोस् »

श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते

दाङ,२४ असोज ।दाङको तुलसीपुरमा श्रीमानले धारिलो हतियार प्रयोग गरी श्रीमतीलाई गम्भीर घाइते बनाएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमार गाउँमा श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दंगीशरण गाउँपालिका–६ बागर कि ४० वर्षीय निरा बादीलाई उनका श्रीमान राजकुमारले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश … Continue reading श्रीमानको खुर्पा प्रहारबाट श्रीमती गम्भिर घाइते

थप पढ्नुहोस् »

गलैँचा उद्योगमा आगलागी हुँदा ८० करोड बढीको क्षति

काठमाडौं,२४ असोज । गलैँचा उद्योगमा आगलागी हुँदा ८० करोड भन्दा बढीको क्षति भएको छ। सुनसरीको दुहबी नगरपालिका -३ स्थित उद्योगमा बुधबार बेलुका आगलागि भएको हो । धरानका व्यवसायी प्रिन्स अग्रवालले सञ्चालन गर्दै आएको दुहबी नगरपालिका–३ कदमगाछी चोकदेखि पूर्वमा रहेको हनुमन्ते गलैँचा उद्योगमा बुधबार राती भीषण आगलागी भएको थियो । उक्त आगो भने अहिलेसम्म पनि पूर्णरूपमा … Continue reading गलैँचा उद्योगमा आगलागी हुँदा ८० करोड बढीको क्षति

थप पढ्नुहोस् »

सल्यानमा फोर्स दुर्घटना हुँदा १६ जना घाइते

दाङ,२४ असोज । सल्यानमा सवारी दुर्घटना हुदा १६ जना घाइते भएका छन । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिकामा दुर्घटना भएको छ। लु २ ख ५००२ नम्वरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको सल्यान प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय … Continue reading सल्यानमा फोर्स दुर्घटना हुँदा १६ जना घाइते

थप पढ्नुहोस् »