काठमाडौं,१२मंसिर । लगातार घटिरहेको सुनको मूल्य बुधबार बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलामा २ हजार ६ सय रूपैयाँ र सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस