मंसिर , २० मंसिर । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बिहिबार बेलुका तुलसीपुरस्थित गुम्राह चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी १८ वर्षीय एक युवक घाइते भएका हुन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ बस्ने १८ वर्षीय माधव डागी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रकाश थापाले जानकारी दिए।
प्रहरीका अनुसार घाइतेडागीको अवस्था सामान्य रहेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घाइते डागीको दुवै हात र खुट्टामा चोट लागेको छ छ ।
गुम्राहचोकबाट बिरेन्द्र चोकतर्फ जादै गरेको रा ४ प ८५०२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ आज बेलुका ७ बजेतिर दुर्घटना भएको प्रवक्ता थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस