after_navbar

देउखुरी दुर्घटना: घाइते चालकको मृत्यु


पुष ०१, २०८१


दाङ ,१ पुष पुस। दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटनाका चालकको मृत्यु भएको छ। सोमबार बेलुकी राप्ती गाउँपालिका वडा नं २ कटेसनालामा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।

पश्चिम तर्फबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले पूर्वतर्फबाट पश्चिमतर्फ जाँदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई स्वास्थ्य चौकी भालुवाङमा पुर्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ।

मृतकको परिचय भने हालसम्म खुल्न नसकेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="