बर्दघाट,५ पुस । सुनवलको ज्यामिरेमा भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन्। बस र ट्रक एकआपसमा ठोकिँदा भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाटबाट बुटवलतर्फ गइरहेको लु १ ख ९४६७ नम्बरको माइक्रोबसले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रित भई विपरित दिशाबाट आइरहेको सुदूरपश्चिम ००१ ख २४४२ नम्बरको ट्रकसँग ठोक्किएको हो।
दुर्घटनामा परेका सबै घाइतेलाई उपचारका लागि देवदह भलुहीस्थित देवदह मेडिकल कलेजमा लगिएको छ। तीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।
दुर्घटनापछि प्रहरीले सवारी चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
।
प्रतिक्रिया दिनुहोस