दाङ,२९ पुस। ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा ना ८ ख ३३३ नम्बरको तेल बोकेको ट्याङ्करले दाङबाट कोहलपुर तर्फ जाँदै गरेको भे ९ प ९५१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
दुर्घटनामा मृत्यु हुनेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका- ३ का अन्दाजी ४८ वर्षीय घमणबहादुर शाही र धनगढी-१४ का अन्दाजी ३६ वर्षीय रूपेश बस्नेत रहेका छन। सोमबार मध्याह्न १२ बजेतिर दुर्घटनामा गम्भीर घाईते दुबै जनाको उपचारको क्रममा मृत्यु भएको थियो।
ट्याङ्कर चालक दाङको दंगीशरण गाउँपालिका–२ का ५१ वर्षीय मानबहादुर वलीलाई कुसुम प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस