after_navbar

तुलसीपुरमा जुवातास खेल्दै गरेका छ जना पक्राउ


माघ १२, २०८१


दाङ,१२ माघ। दाङको तुलसीपुरमा जुवा तास खेल्दै गरेका छ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुरस्थित नयाँ बस्तीबाट जुवा तास खेल्दै गरेका उनीहरूलाई पक्राउ गरेको हो। तुलसीपुर उप-महानगरपालिका–८ नयाँबस्तीस्थित झुपराज घर्तीमगरको घरमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले गोप्य सूचनाका आधारमा माघ शनिबार ४ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोद राज खत्रीको नेतृत्वमा खटिएको विशेष टोलीद्वारा उनीहरूलाई पक्राउ गरेको हो। जुवाखालबाट ५३ हजार ९सय ८० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उप-महानगरपालिका–८ नयाँबस्तीका ४४ वर्षीय झुपराज घर्तीमगर, ४९ वर्षीय टिकाराम सार्की, २५ वर्षीय दोर्ण प्रसाद जैसी, ३० वर्षीय धन बहादुर थापा, ३० वर्षीय चेत बहादुर सुनार, र वडा नं ९ नयाँबस्तीका लक्ष्मण भन्ने लक्षिमण घर्तीमगर रहेका छन्।

पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="