after_navbar

गेस्टहाउसमा एक युवतीको शव फेला


माघ १३, २०८१


काठमाडौं,१३ माघ । काठमाडौंको एक गेस्टहाउसमा युवतीको शव फेला परेको छ। ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको हो।

उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

आइतबार (आज) बिहान शव फेला परेको हो । के कति कारणले उनको मृत्यु भएको भन्नेबारे थप अनुसन्धान भइरहेको काठमाडौं परिसरकी प्रवक्ता एवं डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

data-href="