after_navbar

उरहरीमा मोटरसाइकल दुर्घटना हुदा घोराही निवासी सिता घाइते


असार ०३, २०८२


दाङ,३ असार । उरहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिला घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका –१२ हरिपौरामा मंगलबार बेलुका मोटरसाइकल दुर्घटना भएको हो।

अमेलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलको पछाडि सवार घोराही उपमहानगरपालिका–१५ भरतपुरकी ३१ वर्षीया सिता महरा घाइते भएकी हुन्। उनको टाउको र दुबै हात–खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते महारालाई तत्काल राप्ति प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएर प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि उनलाइ घोराही रिफर गरिएको छ।

मोटरसाइकल चालक घोराही–१३ का ३३ वर्षीय प्रताप पोख्रेललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।

दुर्घटनास्थलमा प्रहरी चौकी उरहरीबाट प्रहरी निरीक्षक कृष्ण भण्डारीको कमान्डमा खटिएको तीन जनाको टोली पुगेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="