दाङ, १४ असार । दाङमा बालिकामाथी करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ५ सय रुपैयाँ दिएर बालिकामाथि करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षीय चन्द्र मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रहरीका अनुसार अभियुक्तले आर्थिक प्रलोभन देखाएर बालिकालाई करणी गरेको आरोप लागेको हो। घटना पश्चात पिडितले दिएको जाहेरीका आधारमा शुक्रबार साँझपख चन्द्र मगरलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। गोपनीयतालाई ध्यानमा राखी घटना भएको स्थान र पिडितको परिचय सार्वजनिक गरिएको छैन।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस