after_navbar

लुम्बिनी प्रदेश मोटर ड्राइभिङ स्कुल संघको वरिष्ठ उपाध्यक्षमा अरुण सर्वसम्मत


असार १४, २०८२


दाङ,१४ असार ।लुम्बिनी प्रदेश मोटर ड्राइभिङ स्कुल संघको दोस्रो अधिवेशन शनिबार कपिलबस्तुमा सम्पन्न भएको छ।

अधिवेशन तथा साधारण सभाले चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ। संघको अध्यक्षमा प्रमोद थापा चयन भएका छन्।

त्यसैगरी साबिक राप्ती क्षेत्रको प्रतिनिधित्व गर्दै दाङ तुलसीपुरका युवा व्यवसायी ऋषीराज लहरे (अरुण) प्रथम (वरिष्ठ) उपाध्यक्षमा निर्वाचित भएका छन्। भेरी क्षेत्रबाट सञ्जयकुमार बानिया र लुम्बिनी क्षेत्रबाट रियाज अहमद उपाध्यक्ष बनेका छन्।

पदाधिकारीहरूमा सचिवमा सरोज पाण्डेय, सहसचिवमा सुशन वली र कोषाध्यक्षमा कृष्णप्रसाद बस्याल चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा बादल केसी, सपना हमाल, गंगाबहादुर कवर, माया पाण्डे, लक्ष्मण पोख्रेल र सुमन पन्थ चयन गरिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="