चितवन,१६ असार । घरको छतबाट हाम फालेर चितवनमा एक युवती घाइते भएकी छन्। आइतबार राति पौने एक बजेको समयमा रत्ननगर नगरपालिका–२ हस्पिटल रोडस्थित फ्युस फार्मेसीमा काम गर्ने २२ वर्षीया राधिका गुरुङ घरको छतबाट हाम फालेकी हुन् । उनले सोही फार्मेसी रहेको घरको तेस्रो तलाबाट हामफाल्दा टाउको र कम्मरमा चोट लागेको प्रहरीले बताएको छ । हाम फालेर गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागि भरतपुरस्थित मेडिकल कलेजमा लगिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ घर भएकी राधिका सोही फार्मेसीका सञ्चालक २९ वर्षका योगेश अधिकारीसँग विवाद भई छतबाट हामफालेकी भन्ने सामान्य जानकारी आएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी निरीक्षक जयनेपाल थापाको कमाण्डमा टोली खटिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस