after_navbar

जब विमानमा १६ सर्पसहित यात्रु समातिए…


असार १६, २०८२


काठमाडौँ, १६ असार। भारतको मुम्बई विमानस्थलमा थाइल्यान्डबाट आएका एक यात्रु १६ वटा जीवित सर्पसहित पक्राउ परेका छन्। भन्सार अधिकारीहरूले तस्करीको आशंकामा ती यात्रुलाई विमानबाट ओर्लिए लगत्तै नियन्त्रणमा लिएका हुन्।

भन्सार स्रोतका अनुसार, यात्रुले बोकेको झोलामा गार्टर सर्प, राइनो र्‍याट सर्प, र केन्याली स्यान्ड बोआसहितका सर्पहरू फेला परेका थिए। तीमध्ये अधिकांश सर्पहरू विषरहित वा अत्यन्तै कमजोर विष भएका थिए, जुन प्रायः घरपालुवा जनावरको व्यापारमा प्रयोग गरिन्छन्।

मुम्बई भन्सार विभागले एक विज्ञप्तिमा भनेको छ, “थाइल्यान्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याइएको छ।” अहिले ती यात्रुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो महिनामै दोस्रो पटक यस्तो तस्करी प्रयास भएको हो। जुन महिनाको सुरुमा पनि भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक यात्रुबाट दर्जनौँ विषालु भाइपर सर्प बरामद गरेका थिए। केही दिनपछि अर्का यात्रुबाट छेपारो, सनबर्ड र रूख चढ्ने जनावरसहित करिब १०० जीवजन्तु पक्राउ परेका थिए।

वन्यजन्तु निगरानी संस्था ट्राफिक ले विदेशी घरपालुवा जनावरको व्यापारमार्फत भइरहेका यस्ता तस्करीहरू चिन्ताजनक रहेको भन्दै कडाइका साथ निगरानी गर्न सरकारलाई आग्रह गरेको छ।

एएफपीको तथ्याङ्क अनुसार, गएको साढे तीन वर्षमा थाइल्यान्ड–भारत हवाई मार्गबाट ७ हजारभन्दा बढी जीवित तथा मृत जनावर जफत गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="