after_navbar

बिहान ८ बजे बोलाइएको बैठक अँझै सुरु भएन


असार १६, २०८२


काठमाडौँ,१६ असार । आठ घण्टा बितिसक्दा पनि शिक्षा समितिको बैठक सुरु हुन सकेको छैन । सोमबार (आज) बिहान ८ बजे बैठक बोलाइएको थियो । तर शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अपरान्ह् ४ः३० बजेसम्म पनि बस्न नसकेको हो।

समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकमा शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा तथा खुलाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घले ७५/२५ हुनुपर्ने भनेको छ भने समितिले ६०र४० को प्रस्ताव पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="