after_navbar

तिहार बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन


कार्तिक ०२, २०८२


काठमाडौ,१ कार्तिक । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

ad

केन्द्रीय बैंकले पत्राचारमार्फत बैंक तथा वित्तीय संस्थालाई व्यापार सहजीकरण र आपूर्ति प्रणाली नियमित सञ्चालनमा राख्न बैंकिङ प्रणाली उपलब्ध गराउन निर्देशन दिएको हो।

त्यसैगरी, राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="