after_navbar

कांग्रेस नेता र प्रधानमन्त्रीबिच छलफल


मङि्सर ०३, २०८२


काठमाडौ,२ मंसिर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढिरहेका बेला कांग्रेसका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

विशेष महाधिवेशनको अभियान सञ्चालन गर्दै आएका नेताहरू सोमबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग विस्तृत कुराकानी गरेका हुन्।

नेता गुरुराज घिमिरेका अनुसार प्रधानमन्त्री कार्की र नेताहरूबीच मुलुकको वर्तमान राजनीतिक अवस्था, आगामी चुनावको तयारी, सुरक्षा स्थितिलगायत विषयमा छलफल भएको थियो।

उनका अनुसार प्रधानमन्त्रीले कांग्रेसभित्रको पछिल्लो आन्तरिक राजनीतिक गतिशीलता र विशेष महाधिवेशनको सम्भावनाबारे विशेष चासो व्यक्त गरेकी थिइन्।

साढे २ घण्टासम्म चलेको संवादले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ। विशेष महाधिवेशनका माग राख्दै प्रधानमन्त्रीमात्र भेटिएकै कारण पार्टीभित्र यसको असरबारे चर्चा सुरु भएको छ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने समूहमा विघटित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँ, तथा नेताहरू गुरु घिमिरे, देवराज चालिसे, उज्ज्वल बराल, टेकराज पौडेल, छडुप तामाङ र सन्दीप निरौला सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस

data-href="