मुस्ताङ, १७ फागुन। कोरला नाका तीन दिनका लागि बन्द गरिने भएको छ। लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन सीमा क्षेत्रको २४ नम्बर नाका तीन दिनका लागि बन्द गरिने भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द रहने जनाइएको छ। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमन निषेध गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
समुद्री सतहदेखि ४ हजार ६५० मिटर उचाइमा अवस्थित कोरला नाका क्षेत्रका स्थानीयलाई समेत सो अवधिमा बस्तीमै बस्न अनुरोध गरिएको छ।
त्यसैगरी जोमसोम–कोरला ११० किलोमिटर सडकखण्ड पनि फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म बन्द गरिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस