after_navbar

प्रधानन्यायाधीश राउत आजदेखी अनिवार्य अवकाशमा


चैत १७, २०८२


काठमाडौं ,१७ चैत । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा गएका छन्।
२०८१ असोजमा प्रधानन्यायाधीशमा नियुक्त भएका राउतलाई रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका थिए।

उनको अवकाशसँगै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछिन्।

राउत यसअघि तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएपछि उक्त पदमा नियुक्त भएका थिए

प्रतिक्रिया दिनुहोस

data-href="