दाङ, ३० चैत्र । तुलसीपुर चेम्बर अफ कमर्शले आफ्नो नयाँ वर्ष २०८३ सालको भित्ते पात्रो (क्यालेन्डर) प्रकाशन गरेको छ । प्रकाशित क्यालेन्डरको एक कार्यक्रमका विच विमोचन गरिएको छ । संस्थाका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षतामा तथा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टोप बहादुर घर्तीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा अध्यक्ष भण्डारीले संस्था अहिले बामेसर्दै गरेको अवस्थामा भए पनि सामाजिक र व्यावसायिक नेतृत्वदायी भूमिकामा खरो उत्रिएको बताए । उनले संस्थागत गतिविधिहरूलाई तीव्र पारेका बताए । बजारीकरण, ब्रान्डिङमा केन्दृत भएको बताए । पूर्ण पारदर्शिता र उत्तरदायित्वका साथ व्यावसायिक र नेतृत्वदायी भूमिकामा अघि बढिरहेका बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य टोप बहादुर घर्तीले संस्थालाई थप गतिशील बनाउन सुझाव दिए । उनले स्थानीय स्तरका व्यावसायिक समस्या समाधानका लागि केन्द्रले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई मजबुत बनाउन सबै सदस्यहरूको सामूहिक प्रयास आवश्यक रहेको औंल्याए ।
त्यसैगरी, कार्यक्रममा बोल्दै सल्लाहकार नेत्रलाल ओलीले व्यवसायीहरूको हकहित र संरक्षणका लागि फुट्ने नभई सबै व्यवसायीहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
क्यालेन्डर प्रकाशन समितिका संयोजक एवं संस्थाका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव दुर्गाप्रसाद शर्माले गर्रेका थिए ।
प्रतिक्रिया दिनुहोस