after_navbar

स्वास्थ्य र विपद् समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण


१ घण्टा अगाडि


काठमाडौ,६ जेठ । सांसदहरूले विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले स्वास्थ्य र विपद् समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद ज्ञानु पौडेलले सबै नागरिकले सजिलै स्वास्थ्य सेवा पाउनुपर्ने बताए। उनले भीम अस्पताल मा आवश्यक औषधि र खोप अभाव रहेको बताए।

सांसद खडकबहादुर बुढाले विपद् प्रभावित र सुकुम्बासीको व्यवस्थापन छिटो गर्नुपर्ने बताए।
सांसद अर्जुनकुमार कार्कीले इबोला भाइरसको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरे।

सांसद गुरुप्रसाद बरालले सुकुम्बासीलाई स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताए। सांसद साजिदा खातुन सिद्धिकीले सडक दुर्घटना बढेकाले सुरक्षा सुधार गर्नुपर्ने बताइन्।

यस्तै, सांसद मदनकृष्ण श्रेष्ठले अपाङ्गता भएका व्यक्तिका लागि विशेष व्यवस्था गर्नुपर्ने बताए भने सांसद समिना मियाँ ले बकर इदका बेला परीक्षा सार्न आग्रह गरिन्।

सांसद यशोधाकुमारी बराल र रमेश सापकोटाले चङ्खेली गाउँपालिकामा आएको बाढीबाट पीडितलाई राहत दिन माग गरेका छन्।

सांसदहरूले मुख्य रूपमा स्वास्थ्य, विपद् र नागरिकको आधारभूत अधिकारका विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="