दाङ,१८ जेठ । दाङको तुलसीपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । दुर्घटना हुँदा बुबा र छोरा गम्भीर घाइते भएका छन्। आमाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटना हुँदा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली घाइते भएका हुन्।
सोमबार बिहान करिब ५:३० बजे तुलसीपुरको गुल्मचोक नजिक रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते बुबा र छोरालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस