काठमाडौ,१८ जेठ । दैलेखमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।
सुर्खेतबाट कालीकोटको शुभकालिका–६ हाउडीतर्फ जाँदै गरेको जीप भैरवी गाउँपालिका–७ कालगौडाको भित्री सडकमा दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक शुभकालिका–५ का ३२ वर्षीय कलबहादुर रोकाया, शुभकालिका–४ का ३८ वर्षीय नेत्र सुनार र शुभकालिका–६ की ६५ वर्षीया पुल्तीसरा कामीको ज्यान गएको प्रहरीले जनाएको छ।
घाइते ५ जनालाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार जीप अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको हो।
प्रतिक्रिया दिनुहोस