काठमाडौ,१९ जेठ । प्रतिपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभाको मंगलबारको बैठक प्रभावित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले बैठक सुरु हुनासाथ अवरोध गरेका हुन्।
उनीहरूले प्रधानमन्त्रीले नेपालले भारतीय भूमि मिचेको भन्ने भनाइका लागि माफी माग्नुपर्ने माग गरेका छन्।
प्रतिपक्षी सांसदहरूले उक्त अभिव्यक्तिले देशको सार्वभौमसत्तामा असर पुगेको भन्दै प्रमाण भए सदनमा पेश गर्न पनि माग गरेका छन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतसँगको सम्बन्धबारे विदेशी सञ्चारमाध्यममा लेख लेखेको विषयमा पनि उनीहरूले आपत्ति जनाएका छन्।
लगातार अवरोध भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन्।
प्रतिक्रिया दिनुहोस